२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

भगवति हाइड्रोको आईपीओ बाँडफाँडः कतिले पाए सेयर ? यसरी हेर्नुहाेस् नतिजा

१८ भदाै, काठमाडाैं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ सोमबार बाँडफाँड भएकाे हाे ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जसमध्ये २ हजार ३८९ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ६ हजार ६७७ आवेदन याेग्य भएको छ। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा  ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी लगानीकर्ताकाे हात भने खालि भएकाे छ ।

कम्पनीकाे आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । कम्पनीकाे आईपीओको नतिजा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/, सिडीएससीको मेरोसेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : 09:49