नबिलले ल्यायो विशेष तीज अफरः यस्ता छन् सुविधाहरु
१८ भदाै, काठमाडाैं । नबिल बैंक लिमिटेडले नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।महिला ग्राहकहरुलाई लक्षित गरी बैंकले विभिन्न सेवाहरुमा छुटसहित खाता खोल्ने विशेष अफर सार्वजनिक गरेको हो ।
यस अफर अन्तर्गत नबिल बैंकको “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएकाे छ । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको बैंकले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहकवर्गले असोज १५ गतेसम्ममा “नबिल प्रिमियम नारी बचत खाता”खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन् ।
नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । यस बैंकले १८ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । यस बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।
प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार ०९:३९