८ असार २०८३, सोमबार | Mon Jun 22 2026

जयवागेश्वरीको रोपाइँ एवं खड्गजात्रा युवाको उल्लेख्य सहभागिता

१७ भदौ, काठमाडौँ  ।  गाईजात्राको तेस्रो दिन पशुपति क्षेत्रको जयवागेश्वरीमा रोपाइँ जात्रा एवं खड्ग जात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ काठमाडौँ उपत्यकामा भव्यरुपमा गाईजात्रा पर्व मनाउने गरिन्छ । यसको तेस्रो दिन पशुपति क्षेत्रको जयवागेश्वरीमा रोपाइँ जात्रा एवं खड्ग जात्रा मनाइन्छ । जात्रामा स्थानीयवासीको सक्रिय सभागिता रहेको थियो ।

पछिल्लो समय जात्रामा युवाको पनि उल्लेख्य सहभागिता हुन थालेको छ । पशुपति क्षेत्रका केही जात्रा मनाउने युवाको निष्क्रियताका कारण लोप हुन लागेकामा भाद्रकृष्ण पक्षमा मनाइने रोपाइँ जात्रा एवं खड्गजात्रामा भने युवावर्गको सक्रिय सहभागिता हुन थालेकामा पूर्व बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले खुसी व्यक्त गर्नुभयो । मौलिक सांस्कृतिक सम्पदा भावी पुस्ताका लागि संरक्षण गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । त्यसका लागि तीनै तहका सरकारले समन्वय गरी काम गर्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रकाशित मिति : September 3, 2023 at 6:16 pm