एनआरएनए अष्ट्रेलियाद्वारा विभिन्न विधामा अवार्ड प्रदान
अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले विभिन्न विधामा योगदान गर्ने व्यक्तित्वहरुलाई सिड्नीमा आयोजित साधारण सभामा अवार्ड प्रदान गरेको छ ।
साउथ अष्ट्रेलियामा रहेर क्रियाशिल सन्तोषी गौतमलाई एनआरएनए अष्ट्रेलिया एक्सिलेन्सी अवार्ड अन्तर्गत एनआरएनए अष्ट्रेलियाउइमेन अफ द एयर प्रदान गरिएको छ । एनआरएनए साउथ अष्ट्रेलियाकी पुर्व उपाध्यक्ष समेत रहेकी गौतम एडिलेड नेपाली विद्यालयतथा विभिन्न सामाजिक संस्थाहरुमा क्रियाशिल रहेकी छिन् । एनआरएनए अष्ट्रेलिया अवार्ड भने डा. डिल्ली बन्जाडेलाई प्रदान गरियो ।
यसै गरि एनआरएनए अष्ट्रेलिया एक्सिलेन्सी अवार्ड अन्तर्गतकै मिडिया पर्सन अफ दि एयर अवार्ड चर्चित पत्रकार सरल गुरुङलाई प्रदानगरिएको छ । गुरुङ नेपाल ट्युव अष्ट्रेलिया मार्फत अष्ट्रेलिया मात्र नभएर विश्व भरिकै नेपाली समुदाय विच चर्चित रहेका छन् ।
कार्यक्रममा नेपाली भाषा र साहित्यमा अष्ट्रेलियामा महत्वपुर्ण योगदान गरे वापत ममता तिवारीलाई नेप्लीज कल्चरल एम्बब्यासडर अफदि ईयर अवार्ड प्रदान गरिएको थियो । भने सांस्कृतिक कार्यक्रमहरु मार्फत बहुसास्कृतिक समाज सम्म पुराउन योगदान दिएवापतजेनिशा गौतमले समेत अवार्ड प्रदान गरिएको थियो ।
भने कम्युनिटी सर्भिस पर्सन अवार्ड नारायण गौतम र स्टुडेन्ट अफ दि एयर अवार्ड बिनम श्रेष्ठ र गौरब थापालाई प्रदान गरियो ।
व्यवसायी आदर्श जंग पाण्डेलाई बिज्नेश पर्सन अफ दि एयर अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियाका लागी नेपाली राजदुत कैलाश नाथ पोखरेल, एनआरएनएका अध्यक्ष नन्द गुरुङ, नव निर्वाचित अध्यक्ष अनिल पोखरेलले अवार्ड प्रदान गरेका थिए ।
प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १७:३०