१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

दुई वाणिज्य बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

१७ भदाै, काठमाडाैं । दुई वाणिज्य बैंकहरूले सेयर बिक्रीमा राखेका छन् । कुमारी बैंक र सिद्धार्थ बैंकले संस्थापक समूहको ६ लाख ७९ हजार ७९५ कित्ता सेयर बिक्रीमा खेका हुन्। जसमा कुमारी बैंकको ३ लाख ७९ हजार ७९५ कित्ता र सिद्धार्थ बैंकको ३ लाख कित्ता संस्थापक सेयर छन्।

बिक्रीमा राखिएकाे उक्त दुवै बैंकको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। दुवै बैंकका इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र साे सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कुमारी बैंकको सेयर खरिदका लागि नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र सिद्धार्थ बैंकको सेयर खरिदका लागि हात्तीसारस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ।

साथै, ताेकिएकाे समय अवधिभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकाे खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकहरूले जनाएका छन्।

प्रकाशित मिति : September 3, 2023 at 10:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/