२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई सास्ती

१६ भदौ, मलेखु (धादिङ) । धादिङको गुर्दुम गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई उपचारका लागि सास्ती हुने गरेको छ । यहाँसम्म एम्बुलेन्स पुग्ने सडक छैनन् भने गाउँबाट सबैभन्दा नजिक मानिने स्वास्थ्य संस्था नौबिसेमा छ । सुत्केरी व्यथाले च्यापेपछि स्टेचरमा राखेर तीन घण्टाको ठाडो ओरालो झर्नु गाउँका सबैको बाध्यता हो । “घरमै सकुशल आमा र बच्चाको ज्यान जोगाउनु नै हाम्रा लागि ठूलो उपलब्धि हो”, धुनिबेँसी नगरपालिका–७ गुर्दुमका वीरबहादुर तामाङले भन्नुभयो, “गाउँमा सुत्केरी गराउने अनुभवी व्यक्ति भेटिदैनन् ।
कसैलाई बर्थिङ सेन्टरका बारेमा थाहा छैन ।” उहाँका अनुसार श्रीमती सविना तामाङलाई स्वास्थ्यकर्मीले यही भदौ १९ गते सुत्केरी हुने दिन तोकेका छन् । सुत्केरीलाई पोषिलो खानेकुराको जोहो गरिसकेको भन्दै वीरबहादुरले श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पु¥याउने चिन्ताले पिरोलेको बताउनुभयो । “सुत्केरीका लागि आवश्यक सबै पोषिलो खानेकुरा स्वास्थ्यकर्मीले भनेअनुसार नै तयार गरेर राखेको छु”, उहाँले भन्नुभयो, “थोरै पैसाको जोहो पनि गरेको छु । तर व्यथा लागेपछि बेलैमा अस्पताल पुर्‍याउन सक्निछ कि सकिदैन भन्ने चिन्ताले पिरोलेको छ ।”
गाउँका अधिकांशले सकेसम्म घरमै सुत्केरी गराउन खोज्ने गरेको बताउँदै वीरबहादुरले यो यहाँका स्थानीयको बाध्यता भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार कतिपयले स्वास्थ्य चौकी वा अस्पताल जाँदाजाँदै बाटैमा बच्चा जन्माउँछन् । “जिल्लाको धुनिबेँसी नगरपालिका वडा नं ७ तोप्लाङ, गुर्दुम, लिखु, मजुवा, धुसेनी, थलीका सबैको साझा समस्या यस्तै छ”, उहाँले भन्नुभयो, “दोभान भन्ने ठाउँसम्म एम्बुलेन्स पुग्छ ।
त्यहाँसम्म पुग्न दुर्गम बस्तीका स्थानीयलाई चार घण्टासम्म पैदल हिँड्नुपर्छ ।” बिरामी अस्पताल लैजाने खबर पाएपछि गाउँका सबै आइपुग्ने भन्दै उकालोओरालो बाटोमा स्टेचरमा बिरामी/गर्भवती बोकेर स्वास्थ्य संस्थामा पु¥याउनु निकै चुनौतीपूर्ण काम भएको वीरबहादुरको अनुभव छ । “दिउँसोमा पनि दायाँबायाँको बुटा समाउँदै हिँड्नुपर्छ । ओरालो बाटोमा राति बिरामी बोक्नयद्ध जिते बराबर हुन्छ”, उहाँले भन्नुभयो, “काहाली लाग्दो ओरालो बाटोमा बिरामी स्टेचरमा अडिएर बस्नै सक्दैन । स्टेचरबाट बिरामी नै लड्ला भन्ने डर उत्तिकै हुन्छ ।” बर्खाको समयमा झन बाटो हिलो/लेदो हुने भएकाले यात्रा गर्न सास्ती हुने गरेको स्थानीय बताउँछन् ।
हिउँदमा जसोतसो गाउँसम्म गाडी पुगे पनि बर्खामा बाटोका कारण पैदल यात्रा नै सकसपूर्ण हुने स्थानीयको भनाइ थियो । “एम्बुलेन्स आउने केराबारीडाँडा वा दोभानसम्म बिरामी बोक्न कम्तीमा दुई घन्टा लाग्छ । पानी परेको बेला चिप्लो ओरालो झर्नै सक्दैन । सुत्केरीलाई बोकेर झन कसरी झर्नु निकै समस्या छ”, वीरबहादुरले दुखेसो पोख्नुभयो । उहाँका अनुसार व्यथा सामान्य रह्योे र गाह्रो भएन भने गाउँमै सुत्केरी गराउने चलन छ । सुत्केरी व्यथा लामो समयसम्म लाग्यो वा गर्भवतीलाई गाह्रो भयो भने मात्रै नौबिसे स्वास्थ्य चौकी लाने गरिएको फुर्लुङ डाँडाकी विष्णुकुमारी धलानले बताउनुभयो ।
“घरमै सुत्केरी भयो भने नाभी काट्न जान्ने पनि कोही छैनन्”, उहाँले भन्नुभयो, “हचुवाकै भरमा छिनाल्ने चलन अहिले पनि छ ।” सुत्केरी हुने समय नजिकै आएका केही गर्भवतीले अस्पताल छेउछाउमा कोठा भाडामा लिएर बस्ने गरेका महिला स्वयंसेविका कविता लामाले बताउनुभयो । “अस्पताल नजिक आफन्त हुनेहरुले त्यही बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “अधिकांश गर्भवतीले त्यसो गर्न सक्दैनन् । व्यथाले सारै नचापेसम्म घरमै बच्चा जन्माउने कोशिष गर्ने गरेका छन् ।” “अघिल्लो वर्ष मजुवा गाउँकी दुई जना गर्भवतीले घरमै बच्चा जन्माउनुभयो । थलिको एकजना गर्भवतीलाई बोकेर नौविसे स्वास्थ्य चौकी झार्दाझार्दै बाटैमा बच्चा जन्मियो”, स्वयंसेवका कविताले भन्नुभयो, “घरमै बच्चा जन्माउने र बाटोमा सुत्केरी हुने घटना हाम्रो गाउँका लागि कुनै नौलो घटना होइन ।”
सबैभन्दा माथिको गाउँबाट बिरामी बोकेर एम्बुलेन्स पुग्ने दोभानसम्म पुग्न चार घण्टा लाग्ने उहाँले बताउनुभयो । “अहिले दोभानसम्म मात्रै एम्बुलेन्स आइपुग्छ, त्यहाँसम्म पुग्न नजिकको गाउँबाट दुई घण्टा टाढाको गाउँबाट चार घण्टासम्म बिरामी बोक्नुपर्छ”, उहाँले भन्नुभयो । नगर क्षेत्रभित्रका गर्भवती र सुत्केरी बोक्न एम्बुलेन्स शुल्कसमेत निःशुल्क गराएको धुनिबेँसी नगरपालिकाले जनाएको छ ।
“टोलटोलमा स्टेचर पठाएका छौँ भने वडा नं ७ भित्र तीन जना महिला स्वयंसेविका पनि खटाएका छौँ”, वडाध्यक्ष यदुनाथ पाठकले भन्नुभयो, “ गुर्दुम यहाँको दुर्गम ठाउँ भएकाले एउटा बस्तीबाट अर्काे बस्तीमा पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।” सम्भव भएसम्म गर्भवतीलाई आवश्यक पर्ने सबै सेवा सुविधा दिने कोशिष गरेका गरिएको जनाउँदै उहाँले भौगोलिक विकटताले समस्या भइरहेको बताउनुभयो । गाउँमा बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकी नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिममा राखेर बच्चा जन्माउन बाध्य छन् ।

प्रकाशित मिति : September 2, 2023 at 2:34 pm

https://www.nabilbank.com/individual

प्रतिक्रिया

dainiki

ताजा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

२३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।उनका

भाडाको घर चिनियाँ नागरिकको सुन गाल्ने कारखाना, बरामद साढे २१ केजीको मूल्य ५४ करोड भन्दा बढी

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

परराष्ट्र सचिव राय र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता

लोकप्रिय

मध्यरातमा काठमाडौँमा गोली चल्यो


मध्यरातमा भूकम्पको धक्का


बालेन सरकारको सुशासनमा सीआईबीको धावा, मन्त्रिपरिषद्को निर्णय पनि टेरेन


लन्डन र न्युयोर्कको सपना देखाएर लुटिँदै विद्यार्थी : विदेशी डिग्रीको भ्रम र यथार्थ


एनएमबि बैंकले घोषणा गर्यो लाभांश


https://www.nimb.com.np/

सम्बन्धित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

२३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्

भाडाको घर चिनियाँ नागरिकको सुन गाल्ने कारखाना, बरामद साढे २१ केजीको मूल्य ५४ करोड भन्दा बढी

२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

२३ असोज, काठमाडौं । दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको छ

परराष्ट्र सचिव राय र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता

२३ असोज, काठमाडौं । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com