२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

‘बेथिती सच्याउन र सेटिङ भत्काउन’ क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छ : अध्यक्ष दाहाल

१६ भदौ, काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपान्तरण अभियानमार्फत माओवादी जनताको भरोसायोग्य पार्टी बन्ने बताउनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडाबाट आज तीनमहिने रुपान्तरण विशेष अभियानको शुभारम्भ गर्नुहुँर्दै उहाँले कतिपय गल्ती, कमजोरी रहे पनि इतिहासबाट पाठ सिक्दै माओवादी बलियो र क्रान्तिकारी पार्टी बन्ने बताए । माओवादी आन्दोलनसँग जनताको विशेष आत्मीयता, अपेक्षा र केही असन्तुष्टि रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनेपछि जनतामा अब केही हुन्छ, श्रमजीवि जनताले देखेका सपना पुरा हुन्छन् भन्ने आशा पलाएको बताए ।
“सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ, हामी वाचा गर्छौँ, हाम्रा कदम अग्रगमनबाट विचलित हुने छैनन्, जनताले देखेका सपना, जनताका अपेक्षा पुरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ”, उनले भने । अभियानका क्रममा सबै जनताका घरमा पुग्ने योजना निर्माण गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका कुरा सुन्ने तथा सुझाव र आलोचना ग्रहण गरिने बताए । हिजोका दिनमा अत्यन्तै भीषण सङ्घर्षका कठिन क्षणमा माओवादीलाई जनसमुदायले विश्वास गरेर साथ दिएकै कारणले हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको स्मरण गर्दै उहाँले आज जनतासँगको सम्बन्ध कमजोर भएको स्वीकारेका छन ।
“तर, बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनको पक्षमा छन्, जनता समृद्धि र सुशासन चाहन्छन्”, प्रधानमन्त्री दाहालले भने, “नेपाली समाजको परिवर्तन र रूपान्तरण केवल माओवादीले मात्रै गर्न सक्छ । माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ भन्ने विश्वास जनतालाई दिलाउनुपर्छ, जनतासँग हामीले भन्न सक्नुपर्दछ ः हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ, हामी सुध्रिन चाहन्छौँ, त्यसका लागि अभियानसहित तपाईहरूको घरदैलोमा छौँ ।” अध्यक्ष दाहालले अभियानका क्रममा नेता कार्यकर्ताको सक्रियता र जनतामाझ पुग्ने अवस्थाले राजनीतिक प्रणालीप्रति जनताको गुम्दै गएको विश्वासलाई समेत फर्काउने र रूपान्तरणका लागि ऊर्जा प्राप्त गर्ने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरे ।
“तीनमहिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पु¥याउन ठोस भूमिका खेल्नेछ, यहाँहरू यही स्पिरिट र क्रान्तिकारी भावनाले जनतामाझ जानुहुनेछ, बलियो क्रान्तिकारी र सबैको भरोसाको माओवादी पार्टी निर्माण गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने । अध्यक्ष दाहालले अबको लडाईं स्थायित्व, समृद्धि र विकासका निम्ति केन्द्रित भएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम तथा सेवा प्रवाहमा सुधारको थालनी गरेको बताए । “यहाँ बेथितिको डङ्गुर छ, कुशासनका चाङ छन्, ठूल्ठूला सेटिङ छन् । यी बेथितिलाई सच्याउने, सेटिङ भत्काउने र देशलाई साँच्चै नै सुसंस्कृत, सभ्य र समृद्ध बनाउने लडाईंमा छौँ”, अध्यक्ष दाहालले भने, “सरकारको नेतृत्वको नाताले मैले यो चुनौतीलाई स्वीकार गरेको छु ।
अब यसलाई गन्तव्यमा पु¥याउन सोहीअनुरूपको बलियो र क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छ ।” अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच र सामाजिक न्यायसहितको विकासका लागि जोड दिन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहमा समेत जनतासँग जोडिएका सुशासन, सामाजिक न्याय र विकासका काममा पार्टीले विशेष चासो दिन जरूरी रहेको बताए ।
“माओवादीको सङ्घर्षको फलस्वरूप केन्द्रीकृत राज्यसत्ता विकेन्द्रीत भई सङ्घीयता कार्यान्वयनको तहमा गएको छ, तर स्थानीय तह र प्रदेशले जनताको अपेक्षाअनुरूप जनताका मुद्दाको सम्बोधन गर्न, सुशासन तथा सामाजिक न्याय कायम गर्न र विकास निर्माणका काम अघि बढाउन सकेनन् भने यसको बहानामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने तत्वले टाउको उठाउने मौका पाउनेछन्”, उनले भने ।

प्रकाशित मिति : September 2, 2023 at 12:58 pm

https://www.nabilbank.com/individual

प्रतिक्रिया

dainiki

ताजा

काठमाडौं उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

२३ असोज, काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन गर्ने भएको छ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

भाडाको घर चिनियाँ नागरिकको सुन गाल्ने कारखाना, बरामद साढे २१ केजीको मूल्य ५४ करोड भन्दा बढी

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

लोकप्रिय

मध्यरातमा काठमाडौँमा गोली चल्यो


मध्यरातमा भूकम्पको धक्का


बालेन सरकारको सुशासनमा सीआईबीको धावा, मन्त्रिपरिषद्को निर्णय पनि टेरेन


लन्डन र न्युयोर्कको सपना देखाएर लुटिँदै विद्यार्थी : विदेशी डिग्रीको भ्रम र यथार्थ


एनएमबि बैंकले घोषणा गर्यो लाभांश


https://www.nimb.com.np/

सम्बन्धित

काठमाडौं उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

२३ असोज, काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन गर्ने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

२३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्

भाडाको घर चिनियाँ नागरिकको सुन गाल्ने कारखाना, बरामद साढे २१ केजीको मूल्य ५४ करोड भन्दा बढी

२३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

२३ असोज, काठमाडौं । दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको छ

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com