८ असार २०८३, सोमबार | Mon Jun 22 2026

जमलमा केन्द्रीय पुस्तकालयको भवन निर्माण गरेर छाड्ने शिक्षामन्त्रीको सङ्कल्प

काठमाडौँ, १५ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले जमलमा केन्द्रीय पुस्तकालयको भवन निर्माण गरेर छाड्ने सङ्कलप व्यक्त गर्नुभएको छ । सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० का अवसरमा आज आयोजित मूल समारोह समितिको कार्यक्रममा उहाँले सो स्थनमा भवन बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई सहरी विकास मन्त्रालयमातहको भवन विभागले बनाउने गरी बजेटसमेत तर्जुमा भइसकेको अवस्थामा कानुनी विवाद उत्पन्न भएकाले निर्माणमा ढिलाइ भएको जनाए। मन्त्री राईले बजेट विनियोजन भए पनि त्यो बजेट खर्च गर्न नमिल्ने भन्ने रिपोर्ट आफूलाई दिइएको बताउँदै उहाँले सर्वाेच्च अदातले दिएको आदेशबमोजिम पूरा गर्नुपर्ने प्रक्रियाका लागि आवश्यक कार्य भइरहेको स्पष्ट गरे ।

उहाँले उक्त स्थानमा केन्द्रीय पुस्तकालय बनाएरै छाड्ने सङ्कल्प व्यक्त गरे । हाल नेपाल राष्टिरय पुस्तकालय भक्तपुरमा अस्थायीरुपमा सञ्चालित छ । कार्यक्रममा पुस्तकालयका क्षेत्रमा उत्कृष्ठ काम गर्ने संस्था, व्यक्तिलाई पुरस्कृत र सम्मानित गरियो । पुरस्कृत हुनेमा पुस्तककालयतर्फ नरदेवी काठमाडौँको आशा सफु कुथीलाई रु ५० हजार राशिबाट पुरस्कृत भएको छ । यस्तै सम्मानतर्फ पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी–४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे, पुस्तकालयप्रेमी तथा अभियन्तातर्फ रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठ, पाठकतर्फ ललितपुरका गोदावरी नगरपालिका–४ बडिखेलका रुक्मिणी चालिसे सम्मानित हुनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीका अध्यक्षतामा गत साउन २२ गते गठित मूल समारोह समितिले ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्य तय गरी दिवस सम्पन्न गरेको हो ।

प्रकाशित मिति : September 1, 2023 at 7:16 pm