१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा, १५ भदौ : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताउनुभएको छ । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उहाँले दाबी गरेका छन ।

प्रदेश राजधानी र सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ । जसका कारण सामान्य वर्षामा समेत पहिरोका कारण पटक–पटक सडक अबरुद्ध हुँदै आएको छ । मुख्यमन्त्री जम्मकट्टेलले निर्माणमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए । उनले समयमा नै काम सम्पन्न गराउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिसकिएको बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १७:४६