२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सन नेपाल लाइफको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?

१५ भदाै, काठमाडाैं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भइसकेको छ।  कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) आज भदाै १५ गते बाँडफाँड भएकाे छ ।

यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे ।

कम्पनीको सेयरले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १५८.४१ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ४७५.२३ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ।  नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सन नेपाल लाइफको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १५८.४१ रुपैयाँ रहेको छ। साेही नेटवर्थकाे ३ गुणा ४७५.२३ रुपैयाँ हुन्छ ।

प्रकाशित मिति : September 1, 2023 at 4:34 pm