प्रधानमन्त्री दाहालसँग सार्क महासचिवको भेट
१३ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रसंशा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १२:४९