एमाले नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण नभई काठमाडौं फिर्ता
१३ भदाै, काठमाडाैं । नेकपा (एमाले)का नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए।
तर जनकपुरमा अवतरण गर्ने बेला विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडाैंमा नै फर्काएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए। एमाले नेताहरु अर्को जहाजमार्फत जनकपुर जाँदै छन्।
प्रकाशित मिति : August 30, 2023 at 10:39 am









