माण्डु हाइड्रोपावरको आईपीओमा भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
१३ भदाै, काठमाडाैं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको छ।
सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता छुट्याएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमित प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन पाउनेछन्।
सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा हिजो साँझसम्म ७ लाख २२ हजार १५९ आवेदकबाट ७९ लाख ३१ हजार कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ६.५८ गुणाले बढी हो।
प्रकाशित मिति : 09:17









