नेप्सेमा ५.०५ अंकको गिरावट, कारोबार रकम खुम्चिदैं ८६ करोडमा सिमित
१२ भदाै, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०५ अकंले घटेर १९९३.४२ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच हुदाँ ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको सेयरमा सकरात्मक सर्किट लागेकाे छ । आज स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन माछापुच्छ्रे बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १५:१४












