२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कहिले हुन्छ भगवती हाइड्रोको आईपीओ बाँडफाँड ? यस्तो छ तयारी

१२ भदाै, कठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ यसै साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भोलि भदौ १३ गते प्रिअलटमेन्ट सकेर शुक्रबारसम्म आईपीओ बाँडफाँड हुने छ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख ८८ हजार ११५ जनाले १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २१.४८ गुणा बढी आवेदन हो । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड हुनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् ।  भने बाँकी १३ लाख १६ हजार भन्दा बढीको हात खालि हुनेछ ।

कम्पनीले भदौ ५ गतेदेखि जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। सोमध्ये ८५ हजार ८१० कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ भने १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

प्रकाशित मिति : August 29, 2023 at 4:18 pm