२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

बुद्धभूमि नेपाल हाइड्रोको विद्युत बिक्री आम्दानीमा उछाल, नाफा १ करोड ११ लाख

१२ भदाै, काठमाडाैं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमासम्म कम्पनीले १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

याे अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ८ करोड ३६ लाख रुपैयाँ रहेकाे छ। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।

कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। याे अघिल्लो वर्षको यही अवधिको तुलनामा ११०८.२० प्रतिशतले बढी हो। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीकाे विद्युत बिक्री आम्दानी १ करोड ३६ लाख रहेकाे थियो।

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीकाे जगेडा कोष भने ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा छ ।

प्रकाशित मिति : August 29, 2023 at 9:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/