१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

११ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले उहाँसँग भेटवार्ता गर्नुभएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार २०:३७