२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सन नेपाल लाइफको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

११ भदाै, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड मिति तय भएकाे छ । कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारका लागि निष्काशन गरेकाे आईपीओ भदौ १५ गते बाँडफाँड हुने बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङले जनाएकाे छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीकाे आईपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ आवेदकले १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताको लागि आवेदन दिएका छन्।जुन माग भन्दा २.३२ गुणा बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड हुनेछ ।  गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

प्रकाशित मिति : 17:08