फेन्कामा नयाँ नेतृत्व, अध्यक्षमा बम योञ्जन
अष्ट्रेलिया । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का)को शनिवार सम्पन चौथो साधारणबाट बमयोञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
यसै गरि उपाध्यक्षमा डा. मधु पुडासैनी, महासचिव कपिल पाण्डे, उप महासचिव डा. प्रकाश पौडेल, कोषाध्यक्ष राजन कोईराला, सहकोषाध्यक्ष विनोद दहाल रहेका छन् । भने पब्लिक रिलेशन अफिसरको पद रिक्त रहेको छ भने उप पब्लिक रिलेशनअफिसरमा जिबन राना, राज्य संयोजकहरुमा सुरेन्द्र रेग्मी (साउथ अष्ट्रेलिया), दिकपाल पंङ्गेनी ( भिक्टोरिया), बिष्णु हमाल ( न्युसाउथ वेल्स), योगेन्द्र श्रेष्ठ (बेस्टन अष्ट्रेलिया), सुरज पौडेल (एसिटी) रहेका छन् भने वाकी राज्यका संयोजक आगामी बैठकबाटतोकिने भएको छ ।
नव निर्वाचित अध्यक्ष बमजनले विभिन्न राज्य सरकारहरु संग विभिन्न संस्थाले सम्पर्क र सम्पर्क बढाउदै लगे पनि संघिय सरकार संगसम्वन्धलाई विकास र विस्तार गर्न २०१५ मा फेन्का जन्म भएको र औपचारिक रुपमा २०१८ मा दर्ता भएको बताए । उनले अष्ट्रेलियाभरिका ८७ बटा नेपाली समुदायका संस्थाहरु आबद्ध भएको बताउदै आगामी दिनमा ति संस्थाहरुलाई एउटै मालामा गास्दै नेपाल र यहारहेका नेपालीहरुको हितमा क्रियाशिल हुने बताए । उनले एक अर्का संस्थाहरु विच सम्वन्य गर्दै सरकारहरुबाट सहयोग लिदै नेपालीसमुदायलाई अगाडि लान फेन्का क्रियाशिल रहने बताए ।
सिड्नीमा भएको साधारण सभाको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशनाथ प्याकुरेलले गरेका थिए ।
प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १३:०२