सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, एक अर्ब २६ करोडको कारोबार
१० भदाै, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.५४ अकंले घटेर १९९३.३८ बिन्दुमा बन्द भएको छ । आज ३८ लाख ९५ हजार २३६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २६ करोड २७ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।
आज एक कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७७१.२० रुपैयाँ पुगेको छ । आज मकर जितुमाया शुरी हाइड्रोपावर कम्पनी लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन एशियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १५:१६












