१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

देशभर वित्तीय साक्षरता पुर्याउन सके बैंक र उद्योग क्षेत्रको विकासमा सहयोग पुग्छः अध्यक्ष केसी

१० भदाै, काठमाडाैं । नेपाल बैँकर्स सङ्घका अध्यक्ष सुनिल केसीले देशभर वित्तीय साक्षरता पुर्‍याउन सके बैंक र उद्योग क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल टेलिभिजनबाट सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रममा बाेल्दै उनले आम जनमानसलाई वित्तीय साक्षरता बारेमा जानकारी दिनु जरुरी रहेको बताए ।

वित्तिय साक्षरताको अभावका कारण पछिल्लो समय बैंकिङ क्षेत्रमाथि हमला भएको बताउदै अध्यक्ष केसीले बैंकिङ क्षेत्रका विषयमा नकारात्मक धारण वित्तीय साक्षरताको कारण बढेको बताए । अध्यक्ष केसीले बैंक तथा वित्तीय क्षेत्रले वार्षिक रु ४० अर्ब राजश्व बुझाउने गरेको र झण्डै एक लाख जनतालाई रोजगार प्रदान गरेको जानकारी दिए।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १५:०१