१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बैंकहरूले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मकः अध्यक्ष ढकाल

१० भदाै, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय साक्षरताको ज्ञान अभावका कारण बैँक तथा वित्तीय क्षेत्रलाई आम जनमानसले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताएका छन् ।

नेपाल टेलिभिजनबाट सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रममा बाेल्दै अध्यक्ष ढकालले वित्तीय क्षेत्रको बारेमा आम जनमानसलाई ज्ञान दिनसके देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले पछिल्लो समय रेमिट्यान्स बढ्नु, नेपालमा विदेशी पर्यटकको आगमन बढ्नु, बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मक विषय भएको बताए ।

साथै, अध्यक्ष ढकालले व्यवसायीमा आत्मविश्वास बढाउन नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउँने हिसाबले अगाडि नजाने हो भने पछुताउनुको विकल्प नहुँने तर्क गरे । उनले भने,‘ यो आत्मविश्वास बढाउनलाई नेपाल राष्ट्रबैंकले र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउँने हिसाबले अगाडि नजाने हो भने पछि हामीले पछुतो मात्र मान्ने बाहेक केहि हुन्न ।’

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १२:५४