८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

चालकको स्वास्थ्य परीक्षण यातायात कार्यालयबाट सुरु

७ भदौ, दाङ । यातायात व्यवस्था कार्यालय तुल्सीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ । कार्यालय प्रमुख रमेश गौतमले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले कार्यालयको १३ नं कोठाबाट सेवा दिन थालेको बताउनुभयो । सो सेवा लिने सेवाग्राहीबाट रु ३८ मात्रै शुल्क लिइने पनि कार्यालय प्रमुख गौतमले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणसम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध हुने भएपछि सेवाग्राहीलाई सहजता हुने बताउनुभयो । यसअघि सेवाग्राहीले सो सेवा कार्यालय बाहिर रहेका पसलबाट चर्को मूल्यमा लिने गरेका थिए । उनीहरुले स्वास्थ्य सेवा लिएबापत रु तीन सय शुल्क तिर्दै आएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १६:२०