उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ संशोधन, विद्यार्थीले लाभ लिन सक्ने
७ भदाै, काठमाडाैँ । सरकाले उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ मा संशोधन गरेको छ । यो तेस्रो संशोधन हो । यसअघि २०१९ सालमा र २०७० सालमा यसमा संशोधन गरिएको थियो । अहिले २०८० मा फेरि यसमा संशोधन गरिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो संशोधन गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । योसँगै उमेर, नाम र जात सच्याउनुपर्ने विद्यार्थीहरूले लाभ लिन सक्ने भएका छन । शैक्षिक प्रमाणपत्र, नागरिकताको उमेर, नाम, थर, जन्मदर्ता लगायत विवरण फरक परेर समस्यामा परेका हजाराैँ विद्यार्थीहरू रहेका छन ।
मन्त्रिपरिषद्ले नियमहरूमा संशोधन गरेसँगै पाँच वर्षदेखि नाम थर र मिति सच्याउने नाममा पाइरहेको दुःख र झण्झटबाट मुक्ति पाउने भएका छन ।
यस्तो छ संशोधन भएको नियमहरू

प्रकाशित मिति : 14:00









