३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

जहाज दुर्घटनाबारे नकारात्मक समाचार सम्प्रेषण नगर्न टानको अाग्रह


३० फागुन, काठमाडाैँ । ट्रेकिंग एजेन्सिज् एसोसिएन अफ नेपाल टानले सोमबार त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा यू.एस. वाङ्गाला एअरलाइन्स जहाज दुर्घटनालाई लिएर सामाजिक सञ्चालमा आ–आफ्नै ढंगले टिकाटिप्पणी गर्ने कार्यले नकारात्मक समाचार सम्प्रेषण भएकाे जनाएको छ ।

टानका अध्यक्ष नवराज दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको बास्तविकता पत्ता लगाई सहि समाचार सम्प्रेषण गर्न सम्पूर्ण मिडिया कर्मीहरु समक्ष अनुरोध गरेका छन । टानले यस सम्बन्धमा पर्यटन क्षेत्रको सुरक्षा र सुनिश्चितताको वातावरण तयार गर्न नेपाल सरकार समक्ष अनुरोध समेत गरेको छ ।

टानले जहाँज दुर्घटना हुँदा  ५१ जनाको ज्यान गएको ह्दयविदारक घटनाले सम्पूर्ण पर्यटन व्यवसायी मर्माहत भएकाे जनाएको छ। टानका अध्यक्ष नवराज दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा परेर निधन हुनु भएका सबै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ। टानले विभिन्न अस्पतालहरुमा उपचार गराईरहनु भएका सम्पूर्ण घाइते यात्रुहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

टानले ६७ जना यात्रुहरु र ४ जना चालक दलका सदस्य गरि ७१ जना सहित उडेको विमानमा ३३ जना नेपाली, ३२ जना बाङ्गलादेशी, १/१ जना चीनिया तथा मालदिब्सका यात्रुहरु रहेको सो जहाजमा नेपाली यात्रुहरुमध्ये ढाकामा सम्पन्न यू.एस. वाङ्गाला एअरलाइन्सको कार्यक्रममा भाग लिएर फर्किनु भएका पर्यटन व्यवसायीहरु मध्ये टानका पूर्व वरिष्ठ उपाध्ययक्ष केशव पाण्डे  दुर्घटनामा परी घाइते भएकोमा स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार १३:४४