दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ३३ करोडकाे काराेबार
५ भदौ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १७.६९ अंकले घटेर २०१५.९८ बिन्दुमा बन्द भएको छ । मंगलबार ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड २५ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ५७९.५० रुपैयाँ पुगेको छ । आज लक्ष्मी लक्ष्मी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र आइसिएफसी फाइनान्स डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन कुमारी बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १५:२३












