१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

किन्ने हाेइन त ? १०० रुपैयाँमा सर्वसाधारणका लागि सेयर बिक्री गर्दै नेसनल हाइड्रोपावर

५ भदाै, काठमाडाैं । नेसनल हाइड्रोपावर कम्पनीले केही सेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले भदौ १३ गतेबाट सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएको उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ। इच्छुक लगानीकर्ताले भदौ २४ गतेसम्म धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १०:१५