२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सन नेपाल लाइफको आईपीओमा मागभन्दा बढी आवेदन, कतिले पाउछन् सेयर ?

५ भदाै, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ जनाको आवेदन परेको छ।सीडीएससीका अनुसार अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा १५ लाख ७७ हजार ७४४ जना आवेदकबाट ४ अर्ब २६ करोड १९ लाख १९ हजार रुपैयाँ बराबरकाे कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि खरिद आवेदन परेको हो। यो मागभन्दा २.३२ गुणाले बढी हाे ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रकाशित मिति : 09:57