८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

सर्वसाधारणका लागि भगवती हाइड्रोपावरको आईपीओ बिक्री खुला, प्रतिकित्ता कति ?

५ भदाै, काठमाडाैं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज भदौ ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ८५ हजार ८१० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ भने १७ हजार १६२ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। यो आईपीओमा नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार ०९:२६