८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

म्यागङको वडा कार्यालयमा आगलागी, यसअघि भण्डार शाखामै लागेको थियो आगो

४ भदौँ, नुवाकोट ।  नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाको वडा नम्बर २ को कार्यालय बुङताङमा आगलागी भएको छ । शनिबार राति भएको आगलागीबाट चार लाख ३१ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा वडा कार्यालयमा रहेको दुई थान कम्प्युटर, प्रिन्टर, सम्पूर्ण कागजपत्र, दराज, कुर्सी, सोफा, छाप, दलिन  जलेको छ । आगलागीको कारणबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्याल नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन ।

यसअघि २०७७ सालमा म्यागङ गाउँपालिकाको कार्यालयको भण्डार शाखामै आगलागी भएको थियो । त्यतिखेर गाउँपालिकामा भएको भ्रष्टाचारको प्रमाण मेटाउन आगजनी गरेको भन्दै स्थानीय दलहरूले बिरोध समेत गरेका थिए  । गाउँपालिकामा धेरै काममा भ्रष्टाचार भएको भन्दै वडा वडाबाट आवाज उठिरहेको समयमा लकडाउनको समयमा गाउँपालिकाको सबै महत्वपूर्ण कागजात एकैठाउँमा जल्ने गरी आगजनी भएपछि राजनीतिक दलहरूले नाराजुलुश नै गरेका थिए ।

२०७७ सालको बैशाख ८ गते दिउँसो सवा १ बजे गाउँपालिकाको भण्डारण शाखामा आगलागी भएको थियो ।

 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार २२:३९