३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

प्रभु बैंकको १ लाख ९४ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

३ भदाै, काठमाडाैं । प्रभु बैंकको आज भदौ ३ गतेबाट केही सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे हाे। उक्त बिक्रीमा राखिएकाे सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुसँग सर्वसाधारण,  अन्य व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्।

बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको समय ताेकेर बिक्रीमा राखेकाे थियाे । तर साे समयभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरेको बैंकले जनाएकाे छ ।

साे सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले १५ दिनभित्र बैंककाे बबरमहलस्थित केन्द्रीय कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्।

प्रकाशित मिति : August 20, 2023 at 10:06 am