२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सन नेपाल लाइफकाे आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

१ भदाै, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सकाे आईपीओमा १ अर्ब ३० करोड ८९ लाख २६ हजार ५२० रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा साे रकम बाराबारकाे आवेदन परेको हाे । सीडीएसका अनुसार कम्पनीकाे आईपीओमा आज भदौ १ गते बिहान १०ः०० बजेसम्ममा ४ लाख ६६ हजार ९५६ जना आवेदकहरुबाट ५४ लाख ७६ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

साथै, ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ जारी गरेको छ। उक्त आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि छिटोमा भदौ ४ गते र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 12:35