प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द
१ भदाै, काठमाडाैं । प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकिङ सेवा दुई दिन बन्द हुने जानकारी गराएको हो ।
बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रेड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ११:२०