१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

अन्तिम कारोबार दिन बढ्यो सेयर बजार, एक अर्ब ५४ करोडकाे काराेबार

३२ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज ८.०१ अंकले बढेर दुई हजार ३३ दशमलब १३ विन्दुमा बन्द भएको हो । आज एक अर्ब ५४ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज लक्ष्मी इकयुटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन सोल्टी होटल लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १५:२२