१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

वाणिज्य बैंकहरुले प्रकाशित गरे नयाँ ब्याजदर, कुन बैंकको कति छ ब्याज ?

३२ साउन, काठमाडाैं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन्। कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ। कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएका हुन्। संस्थागत तर्फ यी बैंकहरुले अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

त्यस्तै, एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन्।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। सो बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत तर्फभने सो बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ।

साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरुमा नबील बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । इन्भेष्टमेन्ट मेगा बैंकले साउनमा ५.४ प्रतिशत रहेको बचतको ब्याजदरलाई घटाएर ५.२५ प्रतिशत कायम गरेकाे छ ।

प्रकाशित मिति : August 17, 2023 at 10:41 am