एनआईसी एशिया बैंकले घटाएर सार्वजनिक गर्याे नयाँ ब्याजदर, हेर्नुहोस् कुन खातामा कति ?
३२ साउन, काठमाडाैं । एनआईसी एशिया बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोली भदौ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साउनकाे तुलनामा भदाैमा ब्याजदर घटाएको छ।
बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.१८ प्रतिशत रहेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने सूचनामा उल्लेख छ।
प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १०:२१