८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

३१ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार दिउँसाे राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति र  अध्यक्ष ओलीबीच भेटवार्ता भएको भएकाे हाे ।

उनीहरूबिचकाे भेटमा संसद अवरोधलगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले संसद अवरोध गरिरहेको छ ।

यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग कुराकानी गरिसकेका छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १३:५३