५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई ग्लोबल आइएमई बैंककाे आग्रह
३१ साउन, काठमाडौं । ग्लोबल आईएई बैंकले ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले आव २०६६/६७, २०६७/६८, २०६८/६९ र २०७०/७१ सम्मकाे नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै, लाभांश रकम बुझिलिन बाँकी रहेका सेयरधनीहरुको विवरण ग्लोबल बैंक तथा बैंकको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापीटल लिमिटेडको वेवसाइटमा राखिएको जानकारी दिएको छ ।
साथै, बैंकले १ महिनाभित्र पनि आफ्नो बक्यौता नगद लाभांश बुझिनलिएमा सो लाभांश रकम ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुने समेत बैंकले जनाएको छ ।
प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १२:००