६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

३१ साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ११:०४