२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

राजस्वले बरामद गरेको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम

३० साउन, काठमाडाैं । त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम कायम भएको छ।

मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम केजी मात्रै भएको हो। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो।

मंगलबार बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएकाे थियाे । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो। त्यहीअनुसार सुन केही ग्राम घटेको हो।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन ब्रेक सुबाट निकालेर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा चेकजाँच गराएको हो। उक्त सुन ब्रेक सुबाट निकालेर छुट्याउँदै तौल गरिँदा सोमबार सुनको तैल ६० केजी ७८९ ग्राम भएको थियो।

प्रकाशित मिति : August 15, 2023 at 3:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/