८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

‘ब्रेक सु’ भित्रबाट बरामद सुन गाल्न सुरु

३० साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन गाल्न सुरु गरिएको छ । बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरु गरिएको हो । सोमबार ब्रेक सु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको राष्ट्र बैंकले जानकारी दिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १२:२७