घोराही सिमेन्टसहित ३ कम्पनीको सेयर कारोबार खुल्यो, कुनकाे कतिमा भयो पहिलो कारोबार ?
२८ साउन, काठमाडाैं । घोराही सिमेन्टसहित ३ कम्पनीको आजबाट दोस्रो बजारमा सेयर कारोबार भएकाे छ। आजबाट घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको सेयर कारोबार खुलेको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र आज स्पेसल प्रि–ओपनमा यी ३ वटै कमपनीकाे सेयर किनबेच भएसँगै नियमित सेसनका लागि कारोबार खुलेको हो। आज स्पेशल प्रि ओपन सेसनमा घोराहीको सेयर प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको छ भने थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साँङ्गेको २५३ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो।
यी तीन कम्पनीको आईपीओ गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सले घोराही सिमेन्टको आईपीओलाई पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसा देखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। त्यसैगरी, नेप्सेले थ्रीस्टार हाइड्रोपावरलाई न्युनतम ८५ रुपैयाँ ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा र अप्पर साँङ्गे हाइड्रोपावरलाई न्युनतम ८४ रुपैयाँ ५४ पैसा देखि २५३ रुपैयाँ ६२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।
प्रकाशित मिति : August 13, 2023 at 11:08 am









