३६.७४ प्रतिशतले बढ्याे नागरिक लगानी कोषको नाफा, प्रतिसेयर आम्दानी कति ?
२८ साउन, काठमाडाैं । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित विवरण अनुसार कोषले चौथो त्रैमासम्म ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.७४ प्रतिशतले बढी हो। अघिल्लो वर्षकाे यही अवधिसम्म कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कोषको ब्याज आम्दानी १२.५१ प्रतिशतले बढेर ४० करोड ४९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्षकाे यही अवधिसम्म कोषको ब्याज आम्दानी ३५ करोड ९९ लाख रुपैयाँमा सीमित थियो।
कोषको सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३७ करोड रुपैयाँ रहेकाे छ । सेयरपुँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको कोषको सेयर जगेडा कोषमा २२ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। याे अवधिसम्म कोषको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७ रुपैयाँ ८ पैसामा कायम भएको छ। अघिल्लो वर्ष कोषको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ३० पैसा थियो। कोषको प्रतिसेयर नेटवर्थ नेटवर्थ १५४ रुपैयाँ ८१ पैसा रहेको छ ।
प्रकाशित मिति : August 13, 2023 at 10:04 am









