८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

प्रेस काउन्सिलको दुरूपयोग रोक्न सरकारलाई इमानको आग्रह, बुझायो बिकृतिका १६ बुँदा

२६ साउन, काठमाडाैँ । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले संस्थाको निर्णय अनुसार प्रेस काउन्सिलको दुरूपयोग रोक्न सरकारलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै इमानले पत्रकारिता क्षेत्रको नियामक निकायकै दुरूपयोग भैरहेकोमा सरकारको ध्यानाकर्षण गराएको हो ।

इमानका अध्यक्ष रोयल आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले प्रेस काउन्सिल नेपाल भित्रका बिकृतिका १६ बुँदा उल्लेख गरेरै सरकारको ध्यानाकर्षण गराएको महासचिव सुरज प्याकुरेलले जानकारी दिए । मन्त्री शर्माले इमानको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्रालयको प्रशासन मार्फत नियमअनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको महासचिव प्यकुरेलले बताएका छन ।

ध्यानाकर्षण पत्रमा अनलाइन सूचीकरणका नाममा सञ्चार माध्यमसँग काउन्सिलले गैरकानुनी रूपमा ३००० ९अक्षेरूपीः तीन हजार० रूपैयाँ असुल गरिरहेकोमा त्यो रोक्न र अहिलेसम्म उठाएको पैसा पनि फिर्ता गर्न माग गरेको छ । इमानले अहिलेसम्म सञ्चारमाध्यमबाट असुलेको उक्त रकम जोबाट असुलेको हो उसैलाई फिर्ता गराउन र अहिलेसम्म असुलेको रकमको सम्पूर्ण बिबरण सार्वजनिक गर्न समेत ध्यानाकर्षण गराएको छ ।

इमानको ध्यानाकर्षण पत्रमा न्यायाधीश सरहको व्यक्ति अध्यक्षमा नियुक्ति हुनुपर्नेमा कम योग्यताको व्यक्ति नियुक्त भएको र निुयुक्तिको योग्यता पुर्याउने कामका लागि नेपाल पत्रकार महासंघका अध्यक्षको हस्ताक्षर नै कीर्ते गरेको भन्दै छानवनिको माग समेत गरिएको छ ।

इमानको सदस्य संस्था दैनिकी डटकम र इमानका उपाध्यक्ष एवं दैनिकीका प्रधानसम्पादक माधवप्रसाद तिवारीका विरूद्धमा नियोजित रूपमा प्रेस काउन्सिल नेपालको दुरूपयोग भएको ठहर पनि गरेको छ । यसअघि सामाजिक सञ्जालमा प्रश्न उठाएको विषयमा सोधेको स्पष्टिकरण फिर्ता लिन पनि इमानले माग गरेको थियो ।

 यस्तो छ इमानले सञ्चारमन्त्री मार्फत सरकारलाई बुझाएको ध्यानाकर्षणपत्र

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार २२:४२