धितोपत्र बोर्डबाट थप ३ कम्पनीले पाए ब्रोकर लाइसेन्स
२६ साउन, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। सेबोनको साउन २४ गते, बुधबार बसेको बैठकले थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।
लाइसेन्स पाउनेमा जीबिएनएल सेक्युरिटिज,आरविवि सेक्युरिटिज र सिविवाईएल सेक्युरिटिज रहेका छन् । यी ३ वटै कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पाएका छन्। याेसँगै धितोपत्र बोर्डबाट नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ पुगेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १४:४४












