८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्षको अवरोध, कार्यसूचीमा प्रवेश नै नगरि बैठक स्थगित

२६ साउन, काठमाडाैं । राष्ट्रिय सभाको बैठक सत्तापक्ष र प्रतिपक्षका सांसदहरु अवरुद्ध गरेका छन् । शुक्रबारको बैठकको सुरुमै सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए । तर बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला भने नेकपा एमालेका सांसदहरुले आसनबाट उठेर बैठक अवरोध गरे । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गर्दै आइरहेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सांसदलाई बोल्न समय दिन लाग्दा सत्तापक्षका सांसदहरूले उठेर विरोध जनाएका थिए । सत्ता र प्रतिपक्ष सांसदहरूकाे अवरोधका कारण अध्यक्ष तिमल्सिनाले कार्यसूचीमा प्रवेश नै नगरि बैठक साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गरे।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १२:५४