८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

सभामुख र राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपतिलाई, संसद्को जारी अवरोधबारे छलफल

२६ साउन, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गर्नु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच संसदमा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ ।

सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १२:११