रिलायवल नेपाल लाइफको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट
२५ साउन, काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलकाे आईपीओमा ३ अर्ब ३५ करोड ६२ लाख ८१ हजार २२० रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझसम्ममा कमपनीकाे आईपीओमा १० लाख ८२ हजार ३७९ आवेदकबाट १ करोड ३० लाख ५९ हजार ४६० कित्ता सेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता सेयरको १.३६ गुणा बढी हाे ।
इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो। कमपनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
त्यसैगरी, कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि ९प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले० छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओको लगानीकर्ताले साउन २६ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
प्रकाशित मिति : 17:41









