नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
२५ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा कमपनीकाे १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हाे । मूल्य समायोजन भएसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको छ ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३८६ रुपैंया १० पैसाका आधारमा मूल्य समायोजन गरेको हाे । सोही मूल्यको आधारमा नै भोली आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १६:५५












