२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुनको कति ?

३० चैत, काठमाडौं । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चैतको तुलनामा वैशाखमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् ।

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा चैतको तुलनामा वैशाखमा ०.०९४ प्रतिशत बिन्दुले झरेको छ । चैतमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४९४ प्रतिशत रहेकोमा वैशाखमा ४.४०० प्रतिशतमा झरेको छ ।

 एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले चैतको तुलनामा वैशाखमा ब्याजदर घटाएका छन् । त्यस्तै, कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल बैंक, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानि बैंकले चैतको तुलनामा वैशाखमा ब्याजदर स्थिर राखेका छन् ।

वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने ब्याजदरः

बैंक चैतको ब्याजदर % वैशाखको ब्याजदर %
सिटिजन्स ४.५० ४.१५
कृषि विकास ४.१५ ४.१५
एभरेस्ट ४.२५ ४.०५
ग्लोबल आईएमई ४.५० ४.५०
हिमालयन ५.०० ४.५०
माछापुच्छ्रे ४.५० ४.५०
नबिल ४.५५ ४.५५
नेपाल ४.२५ ४.२५
नेपाल एसबीआई ४.२५ ४.२५
एनआईसी एसिया ५.०० ४.७५
इन्भेस्टमेन्ट मेगा ४.५० ४.५०
कुमारी ४.१२ ४.०५
लक्ष्मी सनराइज ४.५० ४.५०
प्रभु ४.५५ ४.५५
राष्ट्रिय वाणिज्य ५.०० ४.७५
सानिमा ४.५० ४.५०
सिद्धार्थ ४.२५ ४.००
स्ट्यान्डर्ड चार्टर्ड ४.११ ४.१०
एनएमबी ५.०० ५.००
प्राइम कमर्सियल ४.१५ ४.१५

प्रकाशित मिति : 11:26